अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा कार्य विभाजन हेरफेर : कुन नेताको जिम्मेवारी के ?

एमालेमा कार्य विभाजन हेरफेर : कुन नेताको जिम्मेवारी के ?


काठमाडौँ-नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको कार्य विभाजनमा व्यापक परिवर्तन गरेको छ । एमालेले अपानी जारी गर्दै पार्टी पदाधिकारी र सदस्यहरूको कार्य विभाजनमा व्यापक हेरफेर गरेको हो । 

मिसन ग्रास रुटबाट पहिचान भएका सङ्गठनात्मक समस्याहरूको समाधान गर्नु, काममा रहेको दोहोरोपन र अस्पष्टता (एउटै भूगोल, विभाग या फाँटमा इन्चार्ज या प्रमुखका अलावा धेरै सहइञ्चार्ज/उपप्रमुख रहेको स्थितिका कारण परिभाषित काममा केन्द्रित हुन तथा जिम्मेवारी पूरा गरेको/नगरेको मूल्याङ्कन गर्न अप्ठ्यारो परेको अवस्था) हटाउन र प्रत्येक पदाधिकारी या सदस्यलाई मापन गर्न सकिने जिम्मेवारी दिन कार्य विभाजन गरिएको एमालेले जनाएको छ । एमालेले ३४९ जना नेताहरूको कार्य विभाजन गरेको  छ । 

जिम्मेवारी हेरफेरमा वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्षहरु, महासचिव,उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्य परेका छन् । जसमा उपाध्यक्षहरूलाई ३३ वटा विभागको समन्वयको जिम्मा दिइएको छ भने प्रदेशको इन्चार्जको जिम्मा सचिवहरूले पाएका छन् । त्यस्तै स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले विभाग र जिल्लाको समेत जिम्मेवारी पाएका छन् ।