अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

आज उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने


काठमाडौँ-प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक सङ्घीय संसद् भवनमा ११ बजे बस्ने भएको हो । 

बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ ।  

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई छुट्टाइएको बजेटमाथि छलफल हुनेछ । 

प्रतिनिधि सभाको हिजोको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल गरिएको थियो ।