अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरूले सवाल–जवाफ गर्ने

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरूले सवाल–जवाफ गर्ने


काठमाडौँ-संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई छलफलका लागि  आज पनि बोलाएको छ । 

हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उहाँलाई आज पनि छलफलका लागि बोलाइएको हो । 

हिजोको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गर्नुभएको थियो । 

आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।