अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

प्रतिनिधिसभा बैठकमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुने


काठमाडौँ-प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्न लागेको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमा छलफल हुनेछ ।

प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।