अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसानले गरेको उत्पादन सडकमा फालेको देख्दा मन थाम्न मुस्किल हुन्छ : अध्यक्ष ओली 

किसानले गरेको उत्पादन सडकमा फालेको देख्दा मन थाम्न मुस्किल हुन्छ : अध्यक्ष ओली 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको दृश्य देख्दा मन थाम्न मुस्किल भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले किसानले उत्पादनको उचित मूल्य पाउनुपर्ने बताउनुभयो । 

किसानहरूले उचित मूल्य नपाएको भन्दै हिजो गोलभेँडा सडकमा फलेका थिए । त्यही फोटो राख्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी एकातिर करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौँ, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुन्छ। कृषिबस्तु खरिद सम्झौता हुनु पर्छ भनेर हामीले घोषणा पत्रको  २० ग्यारेन्टीमा भनेका थियौँ पनि । जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र  आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौँ, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र  रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौँ ।’ 

उचित मूल्य नपाएको भन्दै पछिल्लो समय किसानहरूले तरकारी सडकमा फल्दै आएका छन् ।