अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन : बाबुराम भट्टराई

समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन : बाबुराम भट्टराई


काठमाडौँ-पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समाजवादी मोर्चाबारे टिप्पणी गरेका छन् । 

हिजो घोषणा भएको समाजवादी मोर्चाबारे भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको टिप्पणी गरेका हुन् । 

उनले भने, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो ।’ 

भट्टराईले समाजवादी मोर्चालाई सत्ता स्वार्थ र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नगर्न पनि आग्रह गरेका छन् । 

‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् ! केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् !’, उनले भनेका छन् ।