अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादी मोर्चाबारे योगेश भट्टराईको टिप्पणी–एडल्ट क्लब 

समाजवादी मोर्चाबारे योगेश भट्टराईको टिप्पणी–एडल्ट क्लब 


काठमाडौँ-नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा एडल्ट क्लब भएको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले समाजवादी मोर्चा राजनीतिक मोर्चा कि एडल्ट क्लब भनी प्रश्न समेत गर्नुभएको हो ।  

सचिव भट्टराईले लेख्नुभएको छ, ‘यसो हेर्दा भविष्य छोटो भएकाहरुको एडल्ट क्लब जस्तो । जहाँ इतिहासको बखान हुन्छ तर भविष्यको कुनै सपना हुँदैन । हेर्दै जाऊँ ?’ 

सचिव भट्टराई नेत्रविक्रम चन्द नेतृत्वको नेकपादेखि उपेन्द्र यादव नेतृत्वको जसपा, प्रचण्ड र माधव नेपालको मिलनप्रति आशंक व्यक्त गर्नुभएको छ ।   

उहाँले लेख्नुभएको छ, ‘नाम समाजवादी मोर्चा समाजवादमा पुग्ने क्रान्तिको बाटो, समाजवादी राज्यको चरित्र, क्रान्तिका मित्र र शत्रु, क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिलाई हेर्ने विश्व दृष्टिकोण, २००७, २०४६, २०६२ र ६३ का क्रान्ति र तिनलाई हेर्ने दृष्टिकोण, आजको संविधानलाई हेर्ने दृष्टिकोण लगायतमा उहाँका बीचमा एकरुपता छ ?’