अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादी मोर्चा औचित्यहीन : सचिव भट्ट

समाजवादी मोर्चा औचित्यहीन : सचिव भट्ट


काठमाडौँ-नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले समाजवादी मोर्चा औचित्यहीन भएको बताउनुभएको छ । 

आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा‌ भट्टले समाजवादी मोर्चाले कुनै नयाँ उपलब्धि दिन नसक्ने दाबी गर्नुभयो । यस्तै उहाँले एमालेमा पूर्व माओवादीहरूमाथि पेलान नभएको बताउनुभयो ।  

सचिव भट्टले सरकारले ल्याएको बजेट पास गर्ने विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेको बताउनुभयो । बजेट अर्थनीतिलाई माथि उकास्ने खालको नभएको उहाँले बताउनुभयो ।  

सचिव भट्टले भन्नुभयो, बजेटमा सुधारका कार्यक्रमहरू छैन । बजेट वितरणमुखी तरिकाले आएको छ ‌।  कर नीति  ठिक नभएकोले पास गर्ने विषयमा गठबन्धनभित्र नै अन्यौलता छ ।