अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 विनियोजन विधेयकमाथि आज पनि छलफल जारी रहने

 विनियोजन विधेयकमाथि आज पनि छलफल जारी रहने


काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा  बिहान ११ः०० बजे बस्ने भएको हो । 

बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ । 

यसअघि हिजो सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल भएको थियो ।