अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी जिल्लाका नदीमा आज बाढीको जोखिम

यी जिल्लाका नदीमा आज बाढीको जोखिम


काठमाडौँ-आज र भोलि कन्काई, कोसी, बागमती र यसका सहायक नदीहरूमा जलसतह  बढ्ने पूर्वानुमान छ । केही साना सहायक नदीहरूमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, गोरखा र लमजुङ भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । 

यी जिल्ला भई बहने केही नदीमा आकस्मिक बाढीको जोखिम हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।