अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, संसद्को अवरोध हट्ने एमालेको संकेत 

प्रतिनिधिसभा बैठक बस्दै, संसद्को अवरोध हट्ने एमालेको संकेत 


काठमाडौँ-प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने भएको हो । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ । 

हिजो साझा सिंहदरबारमा बसेको राष्ट्रिय दलहरुको बैठकमा सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो । 

बैठकपछि बाल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसद्को अवरोध हट्ने संकेत गर्नुभएको थियो ।