अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 


काठमाडौँ-प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने भएको हो ।  

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

साउन १० गतेयता संसद् अवरुद्ध हुँदै आएको छ ।  सदन सुचारु गर्ने विषयमा दलहरू सहमति नजिक पुगेकोले आज बैठक बस्ने बताइएको छ ।  

संसद् सचिवालयले बैठक प्रभावित हुँदै आएकोले  पुरानै कार्यसूचीलाई निरन्तरता दिँदै आएको छ ।