अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय दलका शीर्ष नेताको बैठक बस्दै, मस्यौदा समितिको ड्राफ्टलाई अन्तिमरूप दिने 

राष्ट्रिय दलका शीर्ष नेताको बैठक बस्दै, मस्यौदा समितिको ड्राफ्टलाई अन्तिमरूप दिने 


काठमाडौँ-राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि हिजो बस्न नसकेको बैठक आज बस्न लागेको हो । 

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।  

यसअघि सोमबार राति बसेको शीर्ष नेताहरूको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेको थियो । आजको बैठकमा मस्यौदा समितिले ड्राफ्ट शीर्ष नेतालाई बुझाउने र शीर्ष नेताले त्यसलाई अन्तिम रूप दिने तयारी छ ।