अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ-संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-०७९” पेस गर्ने संसद् सचिवालयले जनाएको छ । 

एक महिना अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक  हिजोदेखि पुनः सञ्चालनमा आएको छ ।