अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारविरुद्धको रिट आजका लागि पेसी 

कोशी सरकारविरुद्धको रिट आजका लागि पेसी 


काठमाडौँ-कोशी सरकारविरुद्ध परेको रिटमा आजका लागि पेसी तोकिएको छ । 

हिजो दर्ता भएको रिटमा सुनाइ गर्न सर्वोच्च अदालतले आजका लागि पेसी तोकिएको हो । 

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट दाएर गरेका थिए ।

मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिले  समेत मत दिएको भन्दै एमालेले उक्त उक्त बदरको माग गर्दै सर्वोच्च गएको हो । एमाले सर्वोच्च गएसँगै थापा थापा नेतृत्वको सरकार फेरि संकटमा छ । 

यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्‍याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चले ढलेको थियो ।