अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संगठन निर्माणमा जुट्यो एमाले कालिकोट  

संगठन निर्माणमा जुट्यो एमाले कालिकोट  


कालिकोट-नेकपा (एमाले)ले कालिकोट कमिटीले संगठन निर्माणका लागि एक वर्षे कार्ययोजना तयार गरेको छ ।  

एमाले कालिकोटले केन्द्रीय निर्देशन अनुसार दशौं जिल्ला अधिवेशनको तयारीसहित आफ्नो कार्य योजना पारित गरेको केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नवराज रावतले जानकारी दिनुभयो । 

‘एमाले कालिकोटले जिल्ला कमिटी, मातहतका सबै विभाग र जनसंगठनमा पूर्णता पाएको पाँच महिनामै जिल्ला अधिवेशनको आयोजना गर्ने मिति तय गरेको छ’, जिल्ला इन्चार्ज रावतले भन्नुभयो ‘परिवर्तित परिस्थिति, फेरिएको राजनीतिक अवस्था अनुसार पार्टीका कमिटी, जनसंगठनका कमिटीलाई थप गतिशील बनाउन आइतबार सम्पन्न जिल्ला कमिटीको बैठकले आफ्नो अधिवेशनसहितको वार्षिक कार्य योजना तय गरेको हो ।’ 

एमाले कालिकोटको दशौं जिल्ला अधिवेशन आगामी पुस मसान्तसम्म गर्ने निर्णय भएको छ भने अन्य जनवर्गि संगठनका जिल्ला अधिवेशन पनि उपयुक्त समयमा गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष जसी प्रसाद पाण्ड्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठकले पार्टीका सबै विभाग र जनवर्गिय संगठनका इन्चार्ज र प्रमुख पनि तोक्ने निर्णय गरेको छ ।’ 

जिल्ला कमिटीको निर्णय अनुसार अध्यक्ष पाण्डेलाई संगठन विभाग, उपाध्यक्ष दयाराम सिम्खडालाई पार्टी स्कुल विभागको प्रमुख तोकेको छ । यसैगरी आर्थिक तथा वित्तीय विभागमा मनराज शाही, प्रचार तथा प्रकाशन विभागमा व्यासी तिरुवा, स्थानीय विकास विभागमा गोविन्द मल्ल, सहकारी तथा गरिबी निवारण विभागमा मायालाल महतारा, उपभोक्ता हित संरक्षण विभागमा गगन थापा, कृषि तथा पशुपंक्षि विभागमा राजबहादुर बम, कानुन विभागमा राजबहादुर बोगटी, खानेपानी तथा सरसफाइ विभागमा मिना शाही र भूमि व्यवस्थापन विभागमा रजबहादुर मल्ललाई प्रमुख बनाउने निर्णय गरेको छ ।  

यस्तै युवा तथा खेलकुद विभागमा पंखबहादुर मल्ल, विपत् व्यवस्थापन तथा स्वयंसेवक विभागमा विर्षबहादुर दर्जी, साहित्य तथा कला सांस्कृतिक विभागमा टेकबहादुर शाही, स्वास्थ्य तथा जनसंख्या विभागमा खडक सिंह, श्रम तथा रोजगार विभागमा विभिखण शाही र उपभोक्ता तथा वाणिज्य विभागमा कर्णप्रसाद चौलागाईलाई प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले जनसंगठनका इन्चार्ज समेत तोकेको छ । जसअनुसार अनेरास्ववियुमा सन्तोष महतारा, अनेमसंघमा सिद्धा बम, पेशगत महासंघमा लालबहादुर बुढा, मानवअधिकार एलायन्समा मायाराम महतारा, प्रेस चौतारीमा सुमन बम, स्वास्थ्यकर्मी महासंघमा टक्क विष्ट, बुद्धिजीवी परिषदमा गजेन्द्र शाही, अपांग महासंघमा केशव देवकोटा र किसान महासंघमा बद्री पाण्डे रहनुभएको छ ।