अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यती, ओम्नी, गिरीबन्धुको भ्रष्टाचार छानबिन गर्न अध्यक्ष ओलीको चुनौती

यती, ओम्नी, गिरीबन्धुको भ्रष्टाचार छानबिन गर्न अध्यक्ष ओलीको चुनौती


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समेत नाम जोडेर आएका भ्रष्टाचारका ठुला काण्डहरुको छानबिन गर्न सरकारलाई चुनौती दिनु भएको छ।

सोमबार काठमाडौँमा आयोजित एमाले जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कमिसनका लागि पछि कुद्ने पार्टी नभएको दाबी गर्नु भयो ।

अध्यक्ष ओलीले ओम्नी, यति, वाइडबडी सबै विषयको छानबिन गर्न सरकारलाई चुनौती दिनुभयो।

‘यति यति भनेर कति कराइरहेका छौँ गरनत छानबिन, वाइडबडी छानबिन गर आफैँ जेलमा जाऊ । वाइडबडी छानबिन गर जेल जाऊ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागाभाग छ।’ 

उहाँले ललिता निवास प्रकरणको कुरा गर्ने गठबन्धनका मानिसहरूको आफ्नै भाग दौड भएको उहाँले बताउनुभयो। ललिता निवास जग्गा प्रकरणमा अहिले कोही कताबाट कोही कताबाट भागिरहेका उहाँले बताउनुभयो । ‘भागा रे भाग छ ललिता निवास’, ओलीले भन्नुभयो ।  

अहिले चिया बगानको कुरा उठको भन्दै ओलीले त्यसको पनि छानबिन गर्न चुनौती दिनुभयो । विना कानुन २०५३ सालमा १९ बिघा र २०६० सालमा ५१ बिघा जमिन कमिसन खाएर बेचेको घटनाको पनि छानबिन गरेर आफैँ जेल जान उहाँले आग्रह गर्नुभयो ।

नेकपा एमाले कमिसनका पछाडि कुद्ने पार्टी होइन, महान् उद्देश्यका पछाडि हिँड्ने पार्टी हो, महान् उद्देश्य बोक्ने पार्टी हो’, उहाँले भन्नुभयो । 

सुन तस्करीमा लागेका माओवादीहरू जलहरीको कुरा उठाएर सबैको ध्यान मोड्ने प्रयत्नमा लागेका उहाँले बताउनु भयो । संसद्मा पशुपतिमा पित्तलको जलहरी लगाएको छ भन्ने माओवादीको एक जना जनप्रतिनिधि भन्ने व्यक्ति अहिले पनि निर्लज्ज भएर हरेक साँझ स्याल कराए झैँ कराइरहेको उहाँले टिप्पणी गर्नुभयो । पहिले उसले हु …गरेपछि त्यसको पछि पछि अरूले हु… गर्ने गरेका ओलीले बताउनु भयो। 

देश एकछिनको लहडबाजीमा नचल्ने ओलीले बताउनु भयो । सही बिचारमा संगठित भएको पार्टीले मात्र देशको समस्या समाधान गर्न सक्ने उहाँले बताउनु भयो । कुनै स्वतन्त्र वा एक व्यक्तिले देश बनाउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । 

एमाले विरुद्ध अनेक प्रकारका षडयन्त्र गरिए पनि एमाले खारिएर अघि बढेको ओलीले बताउनु भयो । एमाले सर्पको काँचुली फेरिए जस्तै छरितो पार्टी बनेको उहाँको भनाई छ । ‘अहिले पार्टी एकताबद्ध छ’, उहाँले भन्नुभयो ।