अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु


काठमाडौँ-सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची  छ । 

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी निर्धारित कार्यक्रमका लागि बैठकको पहिलो एक घण्टाको समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दा स्पष्टीकरणको व्यवस्था नगरिएको पनि सभामुख घिमिरेले बैठकमा जानकारी गराउनुभएको छ ।