अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बरमझिया पेडा पसलमा अध्यक्ष ओली पुग्दा…

बरमझिया पेडा पसलमा अध्यक्ष ओली पुग्दा…


काठमाडौँ-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बरमझिया पेडा पसल पुग्नुभएको छ । सिरहाबाट विराटनगर फर्किने क्रममा उहाँ बरमझिया पेडा पसल जानुभएको हो ।

उहाँले लेख्नुभएको छ,’रातिको करिब ९/१० बजेको  थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो । यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको  सम्झना गरियो ।’