अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी अधिवेशनको बन्दसत्र सुरु,  सर्वसहमतिको प्रयास जारी

एमाले लुम्बिनी अधिवेशनको बन्दसत्र सुरु,  सर्वसहमतिको प्रयास जारी

सर्वसहमति नभए दिउँसो निर्वाचन हुने 


काठमाडौँ–नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । हिजोदेखि बुटवलमा जारी अधिवेशनको बन्दसत्र सुरु भएको हो । 

अधिवेशनको उद्घाटन हिजो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । उद्घाटनमा बोल्दै उहाँले नेतृत्व सर्वसहमतिले चयन गर्न निर्देशन दिनुभएको थियो । 

यस्तै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टीमा गुटबन्दी गर्न नहुने बताउनुभएको थियो । 

एमाले नेता तुलसीप्रसाद चौधरीले बन्दसत्रमा सर्वसहमतिले नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले  सर्वसहमतिले नेतृत्व चयन गर्न प्रयास भइरहेको भन्दै सहमति नभए दिउँसो निर्वाचन हुने बताउनुभयो । 

एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि उपाध्यक्ष पौडेल निकट राधाकृष्ण कँडेल र महासचिव पोखरेल निकट हरि रिजालले दाबी गर्दै आउनुभएको छ । 

नेता चौधरीका अनुसार अध्यक्षमा सर्वसहमति भए सबैमा सर्वसहमति हुने र सहमति नभए सबैमा निर्वाचन हुनेछ ।