अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुने 

कोशी सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुने 


काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउन आदेश दिएको थियो । रिटमा नियमित सुनुवाइ हुने छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनु भएको थियो । उहाँलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिनु भएको थियो।

यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिनु भएको हो । उहाँले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाउनुभएको छ ।