अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँदर र बँदेलबाट हुने क्षतिको समाधान छिटो गर्नुपर्छ : नेता रिजाल 

बाँदर र बँदेलबाट हुने क्षतिको समाधान छिटो गर्नुपर्छ : नेता रिजाल 


काठमाडौँ–नेकपा एमालेका नेता विष्णु रिजालले बाँदर र बँदेलले पुर्‍याउने क्षति को समाधान छिटो गर्नुपर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले  बाँदर र बँदेलले किसानलाई हैरान पारेको भन्दै त्यसको समाधान हुनुपर्ने बताउनुभएको हो ।  

उहाँले लेख्नुभएको छ, ‘बाँदर र बँदेलले गाउँघरमा मानिसहरुको उठिबास लगाएका छन् । वर्षभरिको दुःख एकै रात/छिनमा ध्वस्त भएको टुलुटुलु हेरेर सुस्केरा हाल्न किसानहरु बाध्य छन् । बाँदरको बन्ध्याकरण गरेर हुन्छ कि बँदेलको शिकार खुल्ला गरेर हुन्छ, यो समस्या न्यूनीकरण गर्नपर्छ ।’ 

नेता रिजालले संसद्को कृषि समितिमा सुरु भएको यसबारेको छलफल छिटो टुंगोमा पुर्‍याउन माग गर्नुभएको छ । हिजो बसेको कृषि समितिको बैठकमा बाँदर र बँदेलले पुर्‍याएको क्षति बारे छलफल भएको थियो ।