अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक जीवनमा आउनेले पारदर्शी र जबाफदेही हुनुपर्छ: उपमहासचिव रिमाल

सार्वजनिक जीवनमा आउनेले पारदर्शी र जबाफदेही हुनुपर्छ: उपमहासचिव रिमाल


काठमाडौँ–नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सार्वजनिक जीवनमा आउनेले पारदर्शी र जबाफदेही हुनुपर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले संकट आएपछि टाउको लुकाउँदैमा संकट नटर्ने बताउँदै झन् जोखिम बढ्ने बताउनुभयो । 

‘राजनीति वा कुनै पनि प्रकृतिको सार्वजनिक जीवनमा आउनेले विवाद वा विपदमा टाउको लुकाएर होस् वा नजर झुकाएर, धर पाउँदैन । कुनै पनि फिल्डको नेता हुनेले सही कुराको लागि एक्लै भए पनि ‘एन्टी-करेन्ट’ उभिन पनि सक्नुपर्छ । उसले आफूले बोलेको वा गरेको कामको पव्लिक्ली फेस गर्नुपर्छ’, उहाँले लेख्नुभएको छ,’समाज र विधिमा अपाच्य हुने विषयलाई कारणसहित बिनम्रताका साथ सरी भन्न सक्नुपर्छ । जता मादल बज्यो उतै ठुम्का मार्ने नर्तक के नर्तक ! जता हावा बह्यो सुकेको पात झैँ उतै लतारिने नेता के नेता !’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै  उपमहासचिव रिमालले सामाजिक सञ्जालमा मन लाग्दि लेखेर प्रतिकुलता आए स्टयाटस मेट्ने गरेको बताउनुभयो । मेयर बालेनले केही दिन अघि सिंहदरबार जलाइदिन्छु भन्दै लेखेको स्टयाटस आज हटाउनुभएको छ । 

उपमहासचिव रिमालले सार्वजनिक जीवनमा आउने युवालाई  जिम्मेवार र जबाफदेही बन्न आग्रह गर्नुभएको छ ।