अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीमा को–को छन् चुनावी मैदानमा ? (अन्तिम सूचीसहित) 

एमाले लुम्बिनीमा को–को छन् चुनावी मैदानमा ? (अन्तिम सूचीसहित) 


बुटवल–नेकपा एमाले लुम्बिनी प्रदेशमा आज मतदान हुँदैछ । बुटवलमा जारी एमाले अधिवेशनमा आज हुने मतदानका लागि निर्वाचन समितिले हिजो राति अन्तिम नामावली प्रकाशन गरेको छ । 

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार पाँच पदाधिकारीका लागि १३ जनाका उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा दुई जना, उपाध्यक्ष ४ जनाको उम्मेदवारी परेको छ । 

सचिवमा एकल उम्मेदवारी परेपछि लक्ष्मण आचार्य निर्विरोध हुनुभएको छ ।  यस्तै उपसचिवमा पुरुषतर्फ ३ जना र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ । 

एमाले लुम्बिनीमा आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ ।