अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीमा मतदान सुरु, दिउँसो १ बजेसम्म मतदान हुने

एमाले लुम्बिनीमा मतदान सुरु, दिउँसो १ बजेसम्म मतदान हुने


रुपन्देही-नेकपा एमाले लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो ।

शनिबारदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा मतदान सुरु भएको एमाले लुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीले जानकारी दिनुभयो । बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म हुने उहाँले जानकारी दिनुभयो । 

अध्यक्षमा निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुँदैछ ।  कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुनुहुन्छ । 

यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माको उम्मेदवारी परेको छ। सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध हुनुभएको छ ।