अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेसको अधिवेशन सर्‍यो, असोज २४ र २५ गते गर्ने निर्णय 

एमाले मधेसको अधिवेशन सर्‍यो, असोज २४ र २५ गते गर्ने निर्णय 


काठमाडौँ–नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन सरेको छ । असोज ५ र ६ गते अधिवेशन गर्ने भनिएको मधेसको अधिवेशन तयारी नपुगेकाले अधिवेशन सरेको हो । 

एमाले सचिवालय बैठकले असोज ५ र ६ गते तय गरेको मधेसको अधिवेशन आइतबार बसेको प्रदेश कमिटीको बैठकले  सार्ने निर्णय गरेको छ । प्रदेश कमिटीको बैठकले मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते गर्ने निर्णय गरेको  प्रदेश इन्चार्ज एवं सचिव योगेश भट्टराईले बताउनुभयो । 

उहाँले पार्टी सदस्यता नवीकरण गर्ने काम भइरहेकाले अधिवेशन सार्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘हाम्रो तयारी पुगेन । पार्टी सदस्यता नवीकरणको काम भइरहेको छ ।’ 

एमालेले असोजभित्र सबै प्रदेशको अधिवेशन सक्ने निर्णय गरेको छ ।