अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारविरुद्धको रिटमा आज पनि बहस हुँदै, फैसला आउने सम्भावना

कोशी सरकारविरुद्धको रिटमा आज पनि बहस हुँदै, फैसला आउने सम्भावना


काठमाडौँ–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज पनि बहस हुनेभएको छ ।   

सर्वोच्च अदालतमा मंगलबार बहस नसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।   

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।  

जवाफी बहसपछि आजै फैसला आउने सम्भावना रहेको बताइएको छ ।