अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने


काठमाडौँ-प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । 

बैठकमा आज चार मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ ।

संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन  पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।