अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा नयाँ नेतृत्व चयन सहमतिमा हुन्छ : इन्चार्ज भट्ट  

कर्णालीमा नयाँ नेतृत्व चयन सहमतिमा हुन्छ : इन्चार्ज भट्ट  


काठमाडौँ–नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कर्णालीमा नयाँ नेतृत्व चयन सहमतिमा हुने बताउनुभएको छ । आज बिहान एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कर्णालीमा सहमति नभए लोकतान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन हुने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘कर्णालीमा नेतृत्व चयनका लागि सहमतिको प्रयास हुन्छ । सहमति नहुँदा लोकतान्त्रिक अभ्यास नेकपा (एमाले) स्थापित मान्यता छ । त्यस आधारमा नेतृत्व चयन हुन्छ ।’

यस्तै इन्चार्ज भट्टले लुम्बिनी प्रदेशमा भएको अधिवेशनलाई गुटगत रूपमा चर्चा गर्न नमिल्ने बताउनुभयो । निर्वाचन हुँदैमा गुट वा‌ उपगुट भन्न नमिल्ने उहाँले बताउनुभयो ।