अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ को हृदयघातबाट निधन

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ को हृदयघातबाट निधन


काठमाडौं -नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
आज राती १ बजे शिक्षण अस्पतालमा उहाँको निधन भएको हो ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।

नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

नेम्वाङको निधनको खबर सुनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे रअस्पताल पुग्नु भएको छ ।
इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिनु भएको हो।