अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपाध्यक्ष नेम्वाङका छोरा विदेशबाट आउँदै, अन्तिम सं‌स्कार भोलि 

उपाध्यक्ष नेम्वाङका छोरा विदेशबाट आउँदै, अन्तिम सं‌स्कार भोलि 


काठमाडौँ-हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम सं‌स्कार भोलि गरिने भएको छ । उहाँका दुवै छोरा विदेशबाट आएपछि मात्रै अन्तिम संस्कार हुने बताइएको छ ।  

दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र  कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने बताइएको छ । 

दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने छ । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ । 

नेम्वाङलाई गए राति हृदयाघातका कारण निधन भएको हो ।