अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिइने

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिइने


काठमाडौँ-सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो । 

यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।   

छोराहरू विदेशबाट आएपछि भोलि नेम्वाङको अन्त्येष्टि गर्ने तयारी रहेको छ । सरकारले पनि अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिइने निर्णय गरेको छ । 

नेम्वाङको आज त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १ः४० बजे हृदयघातका कारणले निधन भएको थियो ।