अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङप्रति दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने,  त्यसपछि घरमा लगिने 

नेम्वाङप्रति दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने,  त्यसपछि घरमा लगिने 


काठमाडौँ -नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति आज पनि श्रद्धाञ्जली दिन सकिने । नेम्वाङप्रति एमाले केन्द्रीय पार्टी कार्यालयमा दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने भएको हो । 

बिहान ९ देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमालेले जनाएको छ  । त्यसपछि नेम्वाङको निवासमा लगिने छ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिने जनाइएको छ ।

नेम्वाङका छोरा आज अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि भोलि गरिने एमालेले जनाएको छ ।

नेम्वाङको ७१ वर्षको उमेरमा हिजो बिहान निधन भएको थियो ।