अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालय शिक्षा ऐनको विधेयक संसदमा दर्ता, विधेयकमाथि सांसद्हरूले छलफल गर्ने

विद्यालय शिक्षा ऐनको विधेयक संसदमा दर्ता, विधेयकमाथि सांसद्हरूले छलफल गर्ने


काठमाडौँ-विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ । मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गरेको हो । 

संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन् । दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिने जनाइएको छ । 

ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय हुनेछ ।  

यसअघि गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको थियो ।