अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

पाँच पदका लागि २६ जनाको उम्मेदवारी


काठमाडौँ–नेकपा (एमाले) बागमती प्रदेशको नयाँ नेतृत्व लागि आज मतदान हुँदैछ । मतदान पार्टी मुख्यालय च्यासलमा बिहानदेखि सुरु हनेछ । 

मतदानका लागि ४० विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा राखिएको एमालेले जनाएको छ ।

नयाँ नेतृत्वको लागि सर्वसहमतिको प्रयास सफल नभएपछि निर्वाचन हुन लागेको हो । एमाले बागमती अधिवेशनले पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका केशबहादुर बुढाथोकी, नुवाकोटका केशवराज पाण्डे र काठमाडौँका सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।  

यस्तै उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, इश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, राजेन्द्र राजथला र नारायणप्रसाद खतिवडाको उम्मेदवारी परेको छ । 

 सचिवमा राजकुमार अधिकारी, रत्ना गुरुङ, हस्त पण्डित र नवराज सिलवालको उम्मेदवारी परेको छ । 

उपसचिवमा रिता गौतम ढकाल, डबल पाण्डे, राजेन्द्र श्रेष्ठ, टासी लामा, प्रेमबहादुर महर्जन, रमेश महर्जन, ओमराज पन्त, गंगादेवी श्रेष्ठ, खड्गबहादुर खत्री, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र भक्तकुमारी लामाले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन गर्नेछ ।