अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा इन्द्रजात्राको शुभकामना 

अध्यक्ष ओलीद्वारा इन्द्रजात्राको शुभकामना 

'नेपाल नै हो, जहाँ जीवित देवीको पूजा हुन्छ' 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इन्द्रजात्राको शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले इन्द्रजात्राको शुभकामना दिनुभएको हो । 

अध्यक्ष ओलीले लेख्नुभएको छ,’नेपाल नै हो, जहाँ जीवित देवीको पूजा हुन्छ । इन्द्रजात्राको शुभकामना !’

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।