अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशन : पदाधिकारीसहित प्यानल बन्दै

एमाले बागमती अधिवेशन : पदाधिकारीसहित प्यानल बन्दै

मतदान अनिश्चित


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि सबै पदमा निर्वाचन हुने भएको छ । जारी अधिवेशनमा नयाँ नेतृत्व सर्वसहमति गराउने प्रयास असफल भएपछि सबै पदमा निर्वाचन हुन लागेको हो । 

हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता भएको थियो ।  अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । तर पार्टी नेतृत्वले श्रेष्ठ र पाण्डेको उम्मेदवारी फिर्ता गराउन पहल गरेको छ । उहाँहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने र महत्त्वपूर्ण जिम्मेवारी दिने समझदारी भएको बताइएको छ । 

अध्यक्षमा उम्मेदवारी दिएका मध्ये ढुंगेल र  दाहालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै  बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने नेताहहरुले बताएका छन् ।  

अध्यक्षका मुख्य प्रतिस्प्रधि ढुंगेल र दाहालले प्यानलनै बनाउने तयारी गर्नुभउको छ । उहाँहरुले प्रभावशाली नेताहरूको पहलमा प्यानल बनाउन लाग्नुभएको एक नेताले बताउनुभयो । 

यस्तै प्रदेश कमिटी सदस्यहरूमा आ–आफ्नो जिल्लाको कोटाबाट सर्वसम्मत चयन गर्ने प्रयास  असफल भएपछि सबै पदमा निर्वाचन हुन लागेको हो ।

तर एमाले बागमती प्रदेश अधिवेशनको मतदान भने अनिश्चित भएको छ । निर्वाचन तालिका अनुसार आज बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भएपनि त्यो हुन सकेको छैन ।

आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर  बिहान ८ देखि दिउँसो ३ बजेसम्म निर्वाचन गर्ने समय तालिका तय गरिएको थियो । उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझदेखि मात्रै मतदान सुरु हुनसक्ने जनाइएको छ ।   

प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमार्फत हुनेछ ।