अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चीनले अन्तरिक्षमा पठायो ‘रिमोट सेन्सिङ’ उपग्रह

चीनले अन्तरिक्षमा पठायो ‘रिमोट सेन्सिङ’ उपग्रह


काठमाडौँ–चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट नवीनतम ‘रिमोट सेन्सिङ’ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट स्थानीय समयानुसार बिहान ४ः१५ बजे प्रक्षेपण गरिएको थियो ।

यसलाई वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम र राहतकार्यका लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ४८९औँ उडान अभियान हो ।-एजेन्सी