अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता

एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता


काठमाडौँ-नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ।  आन्तरिक छलफलपछि उहाँले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो।

उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गर्नुभयो।  निर्वाचन अन्तरगत अब चार जना अध्यक्षका उम्मेदवार कायम राखेका छन् ।

केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछिअब कृष्ण दाहाल, केशवबहादुर बुढाथोकी, कैशालप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार बनेका छन्।

उम्मेदवारको अन्तिम नामावली अहिले दिउँसो ४ बजे प्रकाशन हुने र मतदान साँझ ६ बजेबाट सुरू हुने कार्यतालिका सार्वजनिक गरिएको छ।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान सञ्चालन गर्ने बताइएको छ। यो बीचमा सहमतिको प्रयास समेत जारी छ।