अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको बाग्मती अध्यक्षमा दाहाल र ढुंगेलमात्र उम्मेदवार

एमालेको बाग्मती अध्यक्षमा दाहाल र ढुंगेलमात्र उम्मेदवार

केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले लिए उम्मेदवारी फिर्ता


काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षका दुईजना दावेदारले उम्मेदवारी फिर्ता लिएका छन्।

एमाले बागमती प्रदेश इन्चार्ज तथा अधिवेशन अध्यक्षमण्डलका अध्यक्ष गुरु बरालका अनुसार सानुकुमार श्रेष्ठ र केशर बुढाथोकीले केहीबेरअघि उम्मेदवारी फिर्ता लिएका हुन्। यसअघि वर्तमान अध्यक्ष केशव पाण्डेले आजै उम्मेदवारी फिर्ता लिनुभएको थियो । उहाँले अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गर्नु भएको छ ।

 बुधबार परेको मनोनयनको उम्मेदवारी फिर्ता लिने समय निर्वाचन समितिले बिहीबार राति ९ बजेसम्मलाई निर्धारण गरेको छ।

तीनजना दाबेदार पछि हटेकाले अब बागमती एमालेको नयाँ नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच चुनाव हुने भएको छ।

निर्वाचन मण्डलले शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ।

बिहीबार उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ र बुढाथोकीले अध्यक्षका लागि ढुंगेललाई सघाउने भएका छन्। उता अर्का नेता पाण्डेले भने कसलाई सघाउने निर्णय गरी नसकेको एक स्राेतले बताए ।