अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान

एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान

अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा


काठमाडौँ-नेकपा (एमाले) बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुने भएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा आज बिहान ८ बजेदेखि मतदान हुने भएको हो । 

अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएपनि तीन जनाले उम्मेदवारी फिर्ता गरेपछि उहाँहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र  केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

एमाले बागमती प्रदेश अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय कमिटी चयन गर्नेछ ।