अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली अधिवेशन : बन्दसत्र जारी, मतदान अनिश्चित

एमाले कर्णाली अधिवेशन : बन्दसत्र जारी, मतदान अनिश्चित

यी हुन् अध्यक्षका आकांक्षी


काठमाडौँ–नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन जारी छ । सुर्खेतको सिटी हलमा बुधबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशन जारी रहेको हो ।  

अधिवेशनको बन्दसत्र समेत जारी रहेको छ । एक नेताका अनुसार नयाँ नेतृत्वका लागि मतदान अनिश्चित जस्तै छ । सहमतिमा नयाँ नेतृत्व चयनको प्रयास जारी छ । सर्वसहमति हुन नसके निर्वाचन हुने ती नेताले बताउनुभयो ।

यस्तै हिजोको बन्दसत्र अगाडि एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किनुभएको हो ।

कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाहीले आकांक्षा देखाउनुभएको छ ।  कर्णाली अधिवेशनमा आएका ६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नुहुनेछ ।