अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश अधिवेशन आजदेखि हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने 

एमाले कोशी प्रदेश अधिवेशन आजदेखि हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने 


विराटनगर–नेकपा (एमाले) कोशी प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । 

विराटनगरमा दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनुहुनेछ । यस्तै सम्पर्क मञ्च र कमिटीबाट पनि नेताहरुलाई आमन्त्रण गरिएको छ ।

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनुहुनेछ ।  अधिवेशनले पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।

कोशी प्रदेशको नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने नेताहरुले बताएका छन् । हिजो अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रदेश इन्चार्ज रघुवीर महासेठले नेतृत्व चयन सर्वसम्मत गर्ने बताउनुभएको थियो । सहमति हुन नसके मात्रै निर्वाचन गर्ने उहाँले बताउनुभयो ।