अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीमा कुन पदमा कसको उम्मेदवारी ?(सूचीसहित)

एमाले बागमतीमा कुन पदमा कसको उम्मेदवारी ?(सूचीसहित)


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ ।  एमाले बागमतीले हिजाे साँझ अन्तिम नामावली प्रकाशन गर्ने भनिएपनि आज बिहान मात्रै प्रकाशन गरेको हो ।  

अन्तिम नामावली अनुसार अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने भएको छ ।  

यस्तै एक उपाध्यक्षका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जनाले उम्मेदवारी दिनुभएको छ । 

यस्तै सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच प्रतिस्पर्धा हुने भएको छ । दुई उपसचिवका लागि ओमराज पन्त ९अच्युत०, कृष्णहरि थापा, खड्ग बहादुर पुलामी, टासी लामा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकालले उम्मेदवारी दिनुभएको छ ।  

मतदान आज बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि  उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि ११ बजेपछि मात्रै मतदान सुरु हुने जनाइएको छ ।