अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको कर्णाली अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै 

एमालेको कर्णाली अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै 


काठमाडौँ–नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत मतदान बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको हो । 

हिजो बेलुकी ६ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान हुनसकेन । 

कर्णालीमा अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा हुनुहुन्छ ।  

कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले अध्यक्षको उम्मेदवारी फिर्ता लिनुभएको हो । 

एमालेले कर्णालीको प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।