अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली प्रदेशको मतगणना आज हुँदै

एमाले कर्णाली प्रदेशको मतगणना आज हुँदै


काठमाडौँ–नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना आज हुँदैछ । 

हिजो भएको मतदानको आज मतगणना हुने भएको हो । 

मतगणना वीरेन्द्रनगरको सिटी हलमा बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । कुल ६१६ मध्ये ६०९ मत खसेको उहाँले बताउनुभएको छ । 

एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा हुनुहुन्छ ।