अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकीको अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

एमाले गण्डकीको अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


पोखरा–नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

प्रदेशका सबै पालिकाबाट प्रतिनिधि छनोट भएको जनाइएको छ । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट हुनुभएको छ । 

अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको एमाले गण्डकी प्रदेशले जनाएको छ ।   

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली निकालिने बताइएको छ ।