अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश अधिवेशन : मतदान सकियो, दिउँसो १ बजेदेखि मतगणना  

एमाले कोशी प्रदेश अधिवेशन : मतदान सकियो, दिउँसो १ बजेदेखि मतगणना  


काठमाडौँ–नेकपा एमाले कोशी प्रदेशको मतदान सकिएको छ । विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनको मतदान सकिएको हो । 

आज दिउँसो १ बजेपछि मतगणना सुरु गरिने एमालेले जनाएको छ । यस्तै निर्वाचनमा ९७७ मत खसेको जनाइएको छ । अधिवेशनमा ९९७ जना मतदाता थिए ।

अधिवेशनमा अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ ।

अधिवेशनले पाँच पदाधिकारीसहित २१५ सदस्यीय समिति चयन गर्नेछ । त्यसका लागि  ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसक्नुभएको छ ।

सचिवमा शैलेस लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा हुनुहुन्छ । उपसचिवमा खेम नेपाली, जलवर्षा राजवंशी र देवान राई प्रतिस्पर्धामा हुनुहुन्छ । ९९७ जना मध्ये २० जना प्रतिनिधिले मतदान नगरेको बताइएको छ ।