अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी अधिवेशन : बन्दसत्र जारी, भोलि मतदान गर्ने तयारी 

एमाले गण्डकी अधिवेशन : बन्दसत्र जारी, भोलि मतदान गर्ने तयारी 


काठमाडौँ–नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन अन्तरगत बन्दसत्र जारी रहेको छ । आज पोखरा सभागृह हलमा बन्दसत्र जारी रहेको हो ।

हिजो साँझदेखि सुरु भएको बन्दसत्रमा हालका अध्यक्ष नवराज शर्माले प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदनमाथि छलफल गर्न अधिवेशन प्रतिनिधिलाई ८ भागमा विभाजन गरिएको छ । 

प्रतिवेदनमाथि छलफल गरेर आजै  पारित गर्ने कार्यसूची रहेको एमाले गण्डकीका प्रचार विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो ।  प्रतिवेदन पारित भएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको बताइएको छ । 

यस्तै भोलि मतदान गर्ने एमाले गण्डकीले गरेको छ । अधिवेशनले १ सय ६५ सदस्यको प्रदेश कार्यसमिति चयन गर्नेछ ।  

एमाले गण्डकीको अध्यक्षका लागि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ८ जना प्रतिनिधि सहभागी हुनुभएको छ ।