अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रिकेटमा हारपछि अध्यक्ष ओलीले भन्नुभयो–हाम्रो प्रतिस्पर्धी क्षमता बढ्यो

क्रिकेटमा हारपछि अध्यक्ष ओलीले भन्नुभयो–हाम्रो प्रतिस्पर्धी क्षमता बढ्यो


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमको प्रतिस्पर्धी क्षमता बढेको बताउनुभएको छ ।  १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा आज नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । 

भारतसँग २३ रनले मात्रै पराजित भएपछि अध्यक्ष ओलीले नेपाली क्रिकेट टिमको प्रतिस्पर्धी क्षमता बढेको बताउनुभएको हो । 

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ । कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ । शुभ बिहानी !’

भारतसँगको हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।